Thursday, June 18News That Matters

उदयपुरमा ३५ लिटर अबैध मदिरा नष्ट गरियो

पूर्णपुष्टि, साउन १९

उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेबाट ३५ लिटर अबैध मदिरा बरामद भएको छ । सोमबार स्थानीयहरुको घरमा अबैधरुपमा उत्पादन गरी बिक्रि वितरण गर्नका निमित्त तयार गरिएको ३५ लिटर मदिरा बरामद भएको हो । उक्त मदिरा जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आज नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।