Sunday, May 17News That Matters

उदयपुरमा ५९ हजार ५ सय ३० जनाको राष्ट्रिय परिचय पत्रको बिवरण दर्ता

 पूर्णपुष्टि, माघ २९

जिल्ला प्रशासन कार्यालय उदयपुरमा ५९ हजार ५ सय ३० जनाको राष्ट्रिय परिचय पत्र विरण दर्ता संकलन भएको छ ।

जिल्लाको कटारी नगरपालिका, त्रियुगा नगरपालिका र जिल्ला प्रशासन कार्यालय गरी ५९ हजार ५ सय ३० को विवरण संकलन दर्ता भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

प्रशासन कार्यालयका अनुसार त्रियुगा नगरपालिकामा ३६०१५, कटारी नगरपालिकामा २९४५७ र प्रशासनमा ४०५८ गरी कुल ५९५३० ले विवरण संकलन गराएको प्रशासनले जनाएको छ । प्रशासनमा असोज ११ बाट विवरण दर्ता संकलन सुरु भएको थियो भने प्रशासन बाहेक त्रियुगा नगरपालिकाको १६ ओटै वडाहरुमा पुष २२ देखि विवरण संकलन सुरु गरिएको थियो ।