
पूर्णपुष्टि, २४ असार ।
उदयपुरमा पछिल्लो ६ महिनामा मानव अधिकार उल्लङघन र ज्यादतीका २७३ ओटा घटना घटेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४’ का लागी ईन्सेकले आज (शनिबार) आयोजना गरेको अर्ध बार्षिक पूर्व समिक्षा कार्यक्रममा यस्तो प्रतिवेदन सार्बजनिक भएको छ । ०७९ पुस १७गते देखीअसार २० गते सम्म जिल्लामा बालिकाबलत्कार २३, महिला बलत्कार ९, घरेलु हिंसा २२५, हत्या ४, कुटपिट ३, वहुविवाह ३, बालविवाह २, बालिका तथा महिला बेचबिखन ३ र झडपका एउटा गरि २७३ ओटा घटना अभिलेख भएको ईन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीले बताए । प्रतिवेदनम ३ वर्षिया बालिका देखि ४२ बर्षिया महिला सम्म बलात्कार घटनाको पीडित बनेको उल्लेख गरिएको छ । महिला तथा बालिकाहरु आफ्नै दाई, भाई, आफन्त, नजिकका छिमेकी र नातेदार बाट पीडित भएको ईन्सेकले अभिलेखमा उल्लेख गरेको छ ।
