Tuesday, April 21News That Matters

उदयपुरमा ६४ औं प्रहरी दिवसको अवसरमा वृक्षारोपन

पूर्णपुष्टि, असोज ३० गते ।
६४ औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसर भित्र वृक्षारोपन कार्यक्रम गरिएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम तथा जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल लगाएत अन्य प्रहरी कर्ममचारीले वृक्षारोपन गरेका हुन् । प्रहरीले १५० वटा बिभिन्न जातका बिरुवा रोपेका छन् ।