Tuesday, June 9News That Matters

उद्धार नहुँदा सुत्केरीको मृत्युु

पूर्णपुष्टि, फागुन २८ 

मुगुमा तत्काल उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो ।

स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो ।

जानकारी आउनेवित्तिकै हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । तत्काल हेलिकोप्टर नपुग्दा शाहीको मृत्यु भएको जनाईएको छ ।

सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र सेनाको हेलिकोप्टर सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाइ हुनुले पनि समयमै उद्धार नहुँदा शाहीको मृत्यु भएको जनाईएको छ ।