
पूर्णपुष्टि, चैत्र २२
कटारी / उदयपुर ः उदयपुर उधोग बाणिज्य संघ कटारीको अवलोकन तथा भ्रमण सम्पन्न भएको छ ।
उधोग बाणिज्य संघ कटारी र अन्य उधोग बाणिज्य संघका व्यवसायिकहरुले भ्रमण तथा अवलोकन गरिएको उधोग बाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले जानकारी दिए ।
भ्रमणका क्रममा भौतिक संरचनाको अबस्था आफ्नो–आफ्नो बणिज्य संघको बारेमा स्थापनकाल देखी भए गरेका काम र जनप्रतिनिधिहरुले उधोग बाणिज्य संघ बिच कसरी समन्वय गरेर काम गरहेको भन्ने बारे जानकारी लिएको संघ कटारी अध्यक्ष खड्काले बताए ।
तीन दिने भ्रमण तथा अवलोकन सिन्धुली, रामेछाप, दोलखा चरिकोट, कालिज फार्म, कीबी खेती समेत अवलोकन गरेकोको अध्यक्ष खड्काले बताए । साथै भ्रमण टालीले जीरी र दोलखा कालीनचोक भगवती मंदिर, दोलखा भीमेश्वर मंदिर जिरेश्वर मंदिर, सिन्धुलीगढी लगायतका स्थानमा धार्मीक भ्रमण समेत गरेको थियो ।
