Wednesday, June 10News That Matters

उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी झापालाई (भिडियो सहित)

पूर्णपुष्टि,वैशाख २३ । उदयपुरको गाईघाटमा सम्पन्न प्रथम उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले हात पारेको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजना गरिएको प्रतियोगितामा शनिवार भएको फाईनल खेलमा पिएसडव्लुसी पथरी मोरङ्गलाई ३–० ले पछि पार्दै झापाले उपाधी हात परेको हो ।

गाईघाटको थरुहट रंगशालामा दिनको ३ः३० बजे देखि सुरु भएको फाईनल खेलको निर्धारित ८० मिनेटको खेलमा झापाको तर्फबाट पहिलो हाफको २९ औँ मिनेटमा जर्सी नम्बर १४का खेलाडि रजनी थोकरले खाता खोलेकी थिईन् । त्यस लगत्तै ३२ औँ मिनेटमा थोकरले पुःन दास्रो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । प्रतियोगितामा दर्जनौ दर्शकहरुबाट हुटिङ पाएका झापाले दोस्रो हाफको ३२ औँ मिनेटमा जर्सि नम्ब्र ३ का खेलाडि मेनुका आलेमगरले थप एक गोल गर्दै सहज जित निकालेकी थिईन् ।

यता प्रतिश्पर्धी मोरङ्गका खेलाडीले केही अवसर पाए पनि जवाफी गोल गर्न सकेनन् । प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्ने झापाले प्रहार गरेको वल गोलकिपर राधिका ओलीले सहजै छेकेकी थिईन् । उपाधीसँगै झापाले नगद एक लाख सहित ट्रफी, मेडल प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको मोरङ्गले नगद ५० हजार र ट्रफीमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा सात बिद्याका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिएको आयोजक फुटवल संघका अध्यक्ष रन्जन कार्कीले बताए ।

खेलको उत्कृष्ट गोलरक्षक मोरङ्गका राधिका ओली घोषित भईन । त्यसैगरी वेष्ट डिफेन्डर झापाका एलेक्स चौधरी, वेष्ट प्रशिक्षक झापाका मिलन गुरुङ्ग घोषित भए । त्यस्तै वेष्टमिडफिल्डर झापाका रश्मी घिसिङ्ग, सर्वाधिक गोलकर्ता झापाका रजनी थोकर, उदयमान खेलाडी गाईघाटका सविता रोका घोषित भए । उनीहरुलाई जनही रु,तीन हजार प्रदान गरियो ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी झापाकी सविता राना मगरलाई नगद पाँच हजारले सम्मान गरिएको थियो । विजेता र उपविजेता समुहलाई कोसी प्रदेशसभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, त्रियुगा नगरपालिका वडा नं. १०का वडाअध्यक्ष किरण पाण्डे लगाएतले नगदसहित ट्रफीले सम्मान गरेका थिए ।

गत वैशाखको १६ गते देखि गाईघाटको थरुहट रंगशालामा जारी रहेको प्रतियोगितामा ८ वटा टिमले सहभागित रहेको थियो

प्रतियोगिताको उद्घाटन गर्दै उपसभामुख सृजना दनुवारले मोफसलमा खेलाईने यस्ता प्रतियोगिताले महिला पनि यो देशका अब्वल खेलाडी हुन् भन्ने तथ्य पेस गर्ने बताईन् । उनले अनुशासनमा बाधिएको खेलले पछिल्लो समय नेपालको पहिचान झल्काएकाले प्रतियोगिताहरुलाई समावेशी चरित्रको बनाउनु पर्ने धारणा व्यक्त गरिन ।