Monday, April 20News That Matters

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उदयपुर प्रहरी लाइब्रेरीलाई कम्प्युटर प्रदान

पूर्णपुष्टि, असोज २३ ।
कोशी प्रदेशका उप–सभामुख सिर्जना दनुवारले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा रहेको लाइब्रेरी क्याफेलाई एक थान कम्प्युटर हिजाे हस्तान्तरण गरेकी छिन् ।कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रदान गरिएकाे उक्त कम्प्युटर इ–बुक मार्फत अध्ययन गर्न थप सहजता होस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) हरिहर नाथ योगीलाइ कम्प्युटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा त्रियुगा नगरपालिकाका उप–प्रमुख, समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रउ योगीले पुस्तकालयको महत्त्वबारे प्रकास पार्दै माननीय लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरी, उपसभामुख दनुवारले उदयपुर प्रहरीको सेवाप्रवाहको प्रशंसा गर्दै नजिकिँदै गरेकाे चाडपर्वको शुभकामना व्यक्त गरिन् ।