Friday, May 22News That Matters

उपत्यकामा एउटा बैंकका ३ वटा शाखा मात्रै खुल्ने

पूर्णपुष्टि, भदौ ५

काठमाण्डौँ उपत्यकामा एउटा बैँकको तीन वटा शाखा मात्रै खुल्ने भएको छ ।

तीनवटै जिल्लामा हरेक बैंकका एक÷एक शाखा मात्रै खुल्ने बैंकर्स संघले जनाएको छ । हरेक बैंकका बढीमा ३० जना कर्मचारी मात्रै कार्यालय पुग्नेछन् ।

बैंकले सकभर विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेका छन् । धेरैजसो कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाएको उनिहरुको दावी छ ।

बैंक खोल्न हिँडेका कर्मचारीलाई प्रहरीले बाटैमा रोकेको र अपमान गरेको भन्दै बैंकर्स संघले हिजो उपत्यकाका तीनवटै जिल्लामा कुनै पनि बैंक खोलेको थिएन ।

तर दिउँसो प्रशासनसँगको छलफलमा बैंक जान हिँडेका कर्मचारीलाई प्रहरीले नरोक्ने सहमति भएपछि आजदेखि बैंक फेरि खुल्न लागेको जनाईएको छ ।