Wednesday, April 22News That Matters

उपमेयरको घरमा आगजनी

पूर्णपुष्टि/उदयपुर, भदौ २४ ।
जेनजी आन्दोलनकारीले उदयपुरको त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको घरमा आगजनी गरेको छ । नाराजुलुस गर्दै जाने क्रममा गाईघाट बजारको हिमालीटोलस्थित उपमेयर राईको घरमा आगजनी गरेको हो । त्यहाँकाे आगजनी नगरपालिकाकाे दमकलले नियन्त्रणमा लिएकाे छ ।  उपमेयरको घरअगाडीको तुलसी सहकारी र गार्डेन मार्ट भवनमासमेत तोडफोड  गरेकाे छ ।