
पूर्णपुष्टि, बैशाख १२ । उदयपुरमा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले एकल महिला छाहारी भवनको शिलान्यास गरेका छन् । बुधबार जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ४ फर्सेटमा उपसभामुख दनुवारले मानव अधिकारका लागी महिला एकल महिला जिल्ला समिति उदयपुरको भवन शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक बर्ष २०८०÷०८१ बाट एकल महिला छाहारी भवनको लागी २५ लाख बजे विनियोजन गरिएको थियो । उक्त बजेटबाट १६ लाख ६३ हजार १ सय ९० रुपैँयामा तिन कोठे भवन निर्माण गर्न लागिएको हो ।
भवनको शिलान्यास पश्चात बोल्दै उपसभामुख दनुवारले तिन तलाको ठुलो भवन बनाउने इस्टिमेट र नक्सा तयार गरेतापनी बजेटको अभावले सम्भव नभएको बताईन् । एकल महिलालाई छाहारी दिन र यस भवनमा बसेर एकल महिलाले आफ्नो कामलाई सुरुवात गर्न आज यो भवन शिलान्यास भएकोे बताईन् । यो भवनले एकल महिलाको संस्थालाई जिवन्त दिनको निम्ति महत्पुर्ण भुमिका खेल्ने विश्वाश लिएको सभामुख दनुवारले बताइन् । उदयपुर जिल्लामा एकल महिलाको संख्या ४५ सय भन्दा बढी रहेको भन्दैे एकल महिलाको नेतृत्व गर्ने संस्थाको निर्माण हुन गहिरहेकोे बताईन् ।
एकल महिलाहरु परनिर्भर हुने भएकोले सिप सिकाएर उद्यमी बनाएर आत्मनिर्भर बनाउनका निम्ति यो सानो भवनले मात्र नपुग्ने बताईन् । अबको आउने योजनामा संघिय सरकारसँग समन्वय गरेर ठुलो भवन बनाउन पहल गर्ने सभामुख दनुवारले बताईन् । शिलान्यास कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत, उपमेयर महेश्वरी राई, वडा नं. ४ का अध्यक्ष बद्रि बस्नेत मान अधिकारका लागी महिला एकल महिला जिल्ला समितिका अध्यक्ष शोभा दाहाल, नेकपा एमाले उदयपुर कमिटिका उपसचिव गंगा राई लगायतको उपस्थिती रहेको थियो ।

