Tuesday, June 9News That Matters

ऋचालाई छोरीको मोह

पूर्णपुष्टि, जेष्ठ १०

नायिका ऋचा शर्माले छोरी जन्माएमा आमा फर्किएको महसुस गर्ने बताएकी छिन् । उनले आमाको रहर पुरा गर्न पनि छोरीको अपेक्षा गरिन् । कान्छी सन्तानको रुपमा जन्मीएकी ऋचा आफ्नो सन्तान मात्र आमाले खेलाउन नपाएको उनिले बताईन् । अरु दिदिहरु सबैको नातीनतिना खेलाएका आमाको एक इच्छा मेरो बच्चा पनि खेलाउनु थियो । त्यो पुरा भएन ।

ऋचा र दिपेक्षविक्रम पहिलो सन्तानलाई ‘सरप्राइज’कै रूपमा जन्माउने तयारीमा छन् । ऋचा भन्छिन्, ‘हाम्रो पहिलो बच्चा भएकाले छोरा हो कि छोरी भनेका छैनौं ।

तर, छोरी भएको खण्डमा म धेरै खुशी हुनेछु । किनकि, छोरी जन्मिइन् भने मेरो आमा नै फिर्ता आएको महसूस हुनेछ । र पनि घरमा छोरा वा छोरी के होला भन्ने अनुमान सधैं भैहाल्छ नै ।’ दिपेक्षविक्रम भने छोरा जन्मिने अड्कल काट्छन् ।

ऋचा आफूले पहिलो सन्तान गर्भमा हुकाउँदै गर्दा आफ्नी आमाले कसरी पाँच वटा सन्तान जन्माउनुभयो होला भन्ने सम्झिन्छिन् । भन्छिन्, ‘त्यो समयमा न अल्ट्रासाउन्ड थियो, न भ्याक्सिन, न त औषधि न डाक्टर । हामी त थोरै गाह्रो महसूस भयो भने पनि डाक्टरलाई सम्झन्छौं, उहाँहरू के गर्नुहुन्थ्यो होला । यही सोचेर पनि मेरो मनोबल उच्च हुन्छ ।’

दोस्रो चरणको कोरोनाको लहर आउँछ भन्ने थाहा पाएको भए बच्चाको योजना बनाउनुहुन्थ्यो कि हुँदैनथ्यो भन्ने प्रश्नमा ऋचाले भनिन्, ‘यो त हामीले नसोचेको कुरा भयो । एकातिर कोभिड अर्कोतिर राजनीतिले दिक्दार बनाएको छ । हामीले सन् २०२२ को शुरुआतसम्म पहिलो बच्चा जन्माउनुपर्छ भन्ने योजना बनाएका थियौं ।’कोभिडको दोस्रो लहरका कारण अस्पतालसम्म पुग्न सहज छैन ।