Tuesday, June 2News That Matters

एक खेलाडीको मृत्यु पश्चात देशभरकै प्याराग्लाइडिङ बन्द

पूर्णपुष्टि, असोज ३० गते ।
पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा आकाशबाट खसेर नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । थापाको मृत्यु पश्चात नागरिक उड्डयन प्राधिकरणले आजबाट देशभरका प्याराग्लाइडिङ सम्बन्धी उडान बन्द गर्ने निर्णय गरेको छ ।
प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यो खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको बताए ।