Sunday, June 28News That Matters

एक जनप्रतिनिधिले विदेशीको श्रीमती उडाइदिएकाे आरोप

पूर्णपुष्टि, फागुन १८ ।

उदयपुरमा एक जनप्रतिनिधिले विदेशीको श्रीमती उडाईदिएको आरोप छ । चौदण्डीगढी नगरपालिका ७ नं. वडा सदस्य हरीमान कटुवालले विदेशी युवाको श्रीमती उडाई दिएको आरोप लागेको हो । हरिमान स्थानीयतहको प्रत्यक्ष निर्वाचनबाट जननिर्वाचित वडा सदस्य हुन् ।

वडासदस्य कटुवालकाे बेल्टारस्थित आफ्नै घरमा डेरागरी बस्ने श्रीमती रमा कोइरालालाई भगाएको आरोप रमाकै श्रीमान् खेमराज कोइरालाले लगाएका हुन् । श्रीमती अरुसंग लागेको खबर पाएर हिजो मात्र नेपाल आइपुग्दा सत्य सावित भएको उनले बताए । हिजो विहान विदेशबाट काठमाडौं ओर्लिएर बेलुका बेल्टार आइपुगेका थिए । “घरमा श्रीमती पनि भेटिएन, कमाएर पठाएको पैसा पनि भेटिएन” खेमराजले भने “म्यासेन्जरमा बोल्दा हरिमानसंग पैलो गएको भनेकी थिइन”

हरिमानकै श्रीमतीले उनीहरुबीचको नाजायज सम्बन्धको बारेमा जानकारी दिएपछि सोधीखोजीबाट आफुलाई प्रष्ट भएको खेमराजले बताए । श्रीमतीलाई राम्ररी केरकार गरेपछि रिसाउने, झर्किने मात्र हैन हरिमानसंगै बसेको तस्बिर नै पठाएर “हरिमानसंग गइसके” भन्ने म्यासेजसम्म पठाएको बताए । सम्पर्कमा हरिमानसमेतले आर्थिक प्रलोभन देखाउदै मिलाउने कोशिस गरेको उनले बताए ।

कसैलाई थाहा नदिई नेपाल आएर बुभ्mदा श्रीमती र हरिमानबीचको नाजायज सम्बन्ध सत्य सावित भएको पिडित खेमराजले बताए । पाँचवर्ष विदेशमा रगत पसिना बगाएर घर फर्किदा श्रीमती पनि नभएको र कमाई पनि नभएको उनले बताए । घरायसी काम र ब्यवहार सुनाउदै कमाई जति अरुसंग लागेर सकेको पछिमात्र थाहा पाएको उनले बताए ।

श्रीमतीलाई पठाई दिएको पैसाको रसिदहरु देखाउदै उनले भने “दशलाख जतिको रसिद यहाँ जम्मा गरेको छु” पहिले पहिले श्रीमतीमाथिको पुरा विश्वासले पठाईदिएको तीनचार लाख पैसाको रसिदको हिसावै छैन ।”

उनले अव, परपुरुषसंग लाग्ने श्रीमती नचाहिएको तर, विदेशको तातो भूमिमा रगत पसिना बगाएर कमाएको पैसा चाहेको बताए । जनप्रतिनिधि र परपुरुषसंग लाग्ने श्रीमतीलाई कारवाही हुनुपर्ने माग पनि उनको छ । न्यायका लागि कानुनी ढोकामा उभिने उनले बताए ।

आरोपका बारेमा वडासदस्य कटुवालले गलत आरोप भएको बताएका छन् । उनले आफुले अभिभावकको रुपमा रहेर सहयोग गर्दै आउदा यस्तो आरोप आएको बताए । “केही समयअघि उपचारका लागि भन्दै विराटनगरसम्म छाेडिदिएकाे मात्र हाे ” उनले भने ।