Sunday, May 17News That Matters

एक महिलाले एकै पटक जन्माईन् ९ बच्चा

पूर्णपुष्टि, बैशाख २१

अफ्रिकि मुलुककी एक २५ बर्षिय महिलाले नौ जना बच्चा एकै पटकमा जन्माएकी छिन् । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ ।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

तर उनीहरू तत्काल घर फर्कन नसक्ने केही सातापछि मात्रै घर फर्किन हस्पिटलले जनाएको छ । मोरोक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने आफ्नो देशको अस्पतालमा एकै आमाले त्यति धेरै बच्चा जन्माएको आफूलाई जानकारी नभएको बताएका छन् ।

डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन् । सिसेको मंगलबार अप्रेशन गरिएको थियो ।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो । डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए ।