Wednesday, May 27News That Matters

एकदिवसीय सिरीजको कप्तनमा क्विन्टन डी कक

माघ ८ गते । 

दक्षिण अफ्रिकाको एकदिवसीय सिरीजका लागि क्विन्टन डी कक कप्तान नियुक्त भएको छ । फाफ डु प्लेसीलाई पछि पार्दै डी कक नयाँ कप्तामा बनेको हो ।

कप्तानीमा इङ्ग्ल्याण्डविरुद्धको सिरिजका लागि टिम घोषणा गरिएको छ । फाफ डु प्लेसीलाई इङ्ग्ल्याण्डविरुद्धको सिरिज बाहिर राखिएको छ । टिममा नयाँ लुथो सिम्पाला, कायल वेरिएन, सिसान्डा मगला, जानमेन मलनार र बिजोर्न फर्चुइन रहेका छन् । यस्तै कागिसो रबाडा गरी पाँच जनाले स्थान पाएका हुन् ।

तबरेज शम्सी, लुङ्गी एन्गिडी, जोन जोन स्मट्सले टिममा स्थान पक्का गरेपनि उनीहरुले पहिला फिटनेस टेस्ट पास गर्नुपर्ने छ ।