
पूर्णपुष्टि, असार २९
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एकीकृत बस्ती निर्माण सम्बन्धी गुरुयोजना बनाउन र त्यसका लागि कानुन बनाउन निर्देशन दिएको छ ।
एकीकृत वस्ती निर्माणको विषयमा लामो समयदेखि कुरा हुँदै आए पनि यसलाई अगाडि बढाउने योजना सम्बद्ध निकाय वा सरकारबाट नआएको भन्दै समितिले स्पष्ट गुरुयोजना ल्याउन निर्देशन दिएको हो ।
यसका लागि आवश्यक कानुनी संरचना निर्माण गर्न समितिले निर्देश गरेको छ । समितिले जथाभावी डोजर चलाउनुभन्दा माटोको भूबनोटको निरीक्षण गरी जोखिम न्युनीकरण सम्बन्धी योजना बनाएर विकास निर्माणका काम गर्न निर्देशन दिएको छ ।
बैठकमा सांसदहरुले स्थानीय तहका प्रमुख र वडाअध्यक्षहरुले डोजर किनेर अनियमितता गरिरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका थिए ।
