Monday, April 20News That Matters

एकै दिनमा १ हजार ५१ डेंगु संक्रमित, मृतकको संख्या ३२ पुग्यो

पूर्णपुष्टि, असोज १० गते ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५१ जनामा डेंगुको संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा २५ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण देखिएको छ ।
यसअघि हिजोसम्म २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९ सय १० मा डेंगु संक्रमण भएको छ ।