Tuesday, June 30News That Matters

एकै दिनमा ट्राफिकले ११४ जना कलेजका विद्यार्थीलाई कारवाही गरे

पूर्णपुष्टि, भदौ ३ गते ।
उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा अत्यधिब क्याम्पसका विद्यार्थीहरु कारवाहीमा परेका छन् । बिहिबार गरिएको चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका हुन् ।
कारवाहीमा पर्नेमा सवारी चालक अनुमती पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहिबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आवश्यक कागजात साथमा नराख्ने ४२ जना, लापरवाहीको साथ सवारी चलाउने ११ जना र तिब्र गतिमा सवारी चलाउने ८ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले हेलमेट नलगाउने ३ जना र दुईपांग्रेस सवारीमा ३ जना बोकेको आरोपमा दुईजना विद्यार्थीलाई कारवाही गरेको छ ।