Sunday, May 17News That Matters

एन्फा प्रवक्ता किरण राईले राजिनामा दिए

पूर्णपुष्टि, साउन १८

अखिल नेपाल फुटवल संघका (एन्फा)  प्रवक्ता किरण राईले राजिनामा दिएको छ । राईले प्रबक्ताको जिम्मेवारी बाट राजिनामा पत्र बुझाएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र बरिष्ठ उपाध्यक्षको रोहबरमा राईले आफ्नो राजिनामा पत्र बुझाएको हो । के कारणले राजिनामा दिएको हो भन्ने राईले खुलाएको छैन् ।

राईले एन्फा प्रवक्ताको रुपमा ३ बर्ष ४ महिना काम गरे । करिब ४ बर्षको कार्यकालको अबधि भएपनि अचानक राजिनामा बुझाएको हो । किना राजिनामा दिएको भन्ने बारे प्रबक्ता राईले खुलाउनु मानेन । प्रेस मिट पछि मात्रै आफ्नो राजिनामा बारे बताउने राईले बताए ।