Monday, May 11News That Matters

एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु, न्यु रोडको विजयी सुरुवात

सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन १ ।
उदयपुरमा आजदेखि राष्ट्रिय स्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु भएको छ । गाईघाटस्थित थरुहट रङ्गशालामा भएको उद्घाटन खेलमा सहआयोजक गाईघाट फुटबल क्लबलाई ० गोलको विरुद्ध २ गोल गर्दै न्यु रोड फुटबल क्लब काठमाण्डौँले विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफको अतिरिक्त समयको २ मिनेटमा जर्सी नम्बर ११ कि प्रतीक्षा ठकुरीले गोल गर्दै न्युरोड फुटबल क्लबलाई अग्रता दिलाएका थिइन् भने खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर ८ कि सुशीला केसीले न्युरोडको लागि दोस्रो गोल गर्दै गरिन् । यस खेलको म्यान अफ द म्याच न्यु रोडकी जर्सी नम्बर ११ कि प्रतीक्षा ठकुरी बनिन् । उनले नगद रु। ७ हजार ५०० प्राप्त गरिन् । भोलि बिहान साढे ११ बजे पुलिस फुटबल क्लब विरुद्ध फुटबल क्लब रियल बीच दोस्रो खेल हुनेछ भने दिउँसो ३ बजे छहरी युवा फुटबल क्लबको विरुद्ध चर्च वाइज फुटबल क्लब बीच तेस्रो खेल हुनेछ ।

यस प्रतियोगिताको विजेताले नगद रु ७ लाख ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ५ लाख सहित ट्रफी मेटल र प्रमाणपत्र प्राप्त गर्नेछ ।