
पूर्णपुष्टि, जेठ २४ । नेकपा एमाले सुनसरीको अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो ।
नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार थप उपचारको लागी भारतको हैदराबाद लैजाने क्रममा अध्यक्ष खनालको निधन भएको हो । भारतमा निधन भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको नेता खनालले बताए ।
उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा खेमराज पोखरेललाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएका थिए ।
