Sunday, June 28News That Matters

एम्बुलेन्सको ठक्करबाट २ को मृत्यु, ३ घाईते

पूर्णपुष्टि,माघ ५

आज झापाको दमक नगरपालिका–४ ताराबारीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने ३ जना घाईते भएका छन् । दुर्घटनामा अटोरिक्सा चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० बर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४० वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अटोमा सवार दमक–४ का २० वर्षीय राजन सिलवाल र सौजन मगर साथै मे ११ प ९५२५  नम्बरका मोटरसाइकल चालक दमक–६ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् ।

आज बिहान ९ः४० बजेतिर मे १च १२४६ नम्बरको एम्बुलेन्सले प्रदेश १–००३ ह ६२४ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको दुर्घटना भएको थियो ।

ट्राफिक प्रहरीका अनुसार एम्बुलेन्स सुत्केरी बोकेर पूर्वबाट पश्चिमतिर जाँदै थियो । मोरङको उर्लाबारीबाट यात्रु बोकेर आएको अटोरिक्सा ताराबारीमा बाटो क्रस गरेर दक्षिणतर्फ जाने क्रममा एम्बुलेन्सले ठक्कर दिएको दिएको थियो । एम्बुलेन्सको ठक्करबाट सडकमा पल्टिएको अटोरिक्सामा पश्चिम जाँदै गरेका मे ११ प ९५२५ नम्बरको मोटरसाइकल र को २९ प १९३३ नम्बरको स्कुटरसमेत ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ ।