Tuesday, June 30News That Matters

एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पूर्णपुष्टि, भदौ ५ गते ।
सुनसरीमा एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्लाको बर्जु गाउँपालिका–१ मा हिजो बेलुकी दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. ६ का ३० वर्षीय उमेश कुमार चौधरीको ज्यान गएको हो । मोटरसाइकल पछाडी सवार एक जना भने गम्भीर घाईते भएका छन् । को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिदाँ दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाई चालक चौधरी गम्भीर घाइते भएकोमा उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ । एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।