Saturday, June 6News That Matters

एसइई परीक्षा जेठ १३ देखि सुरु हुने

पूर्णपुष्टि,फागुन २५

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको बताउनुभएको छ ।

गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो । यस बर्षको परिक्षा विद्यार्थीको भौतिक रूपमा उपस्थित भएर नै हुनेछ ।