Tuesday, June 2News That Matters

एसईई र कक्षा १२ को परीक्षा हुने निर्णय

पूर्णपुष्टि,माघ ९
एसईई र कक्षा १२ को परीक्षा गरिने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गरिने भएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गरिएको हो । अब चाँडै परीक्षा तालिका सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको छ ।
कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताउनुभयो ।
यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।