
पूर्णपुष्टि, भदौ १८ । एसीया कपमा आज नेपालले भारतसँग खेल्दैछ । नेपालको २७ वर्षे अन्तराष्ट्रिय क्रिकेट ईतिहासमा पहिलो पटक विश्व क्रिकेटको हस्ती छिमेकी राष्ट्र भारतसँग खेल्न लागेको हो ।
नेपाल र भारत बिचको खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे सुरु हुनेछ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपाल टेष्ट र टी–२० फर्म्याटको नम्बर वान टिमको सामना गर्दैछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।
भारतसँग खेल्न लामो प्रतिक्षा गर्नुपरेको नेपालको लागी यो खेल बहुप्रतिक्षित बनेको छ । एसीसी प्रिमियर कपको उपाधि जितेर पहिलो पटक एसीया कपमा छनोट भएर खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो ।
भारत र पाकिस्तान रहेको समुह ‘ए’ मा परेको नेपालले आफ्नो पहिलो खेल बुधबार पाकिस्तानसँग खेलेको थियो । पाकिस्तानसँग नेपाल २३८ रनको पराकिलो अन्तरले पराजित भएको थियो । शनिबार पाकिस्तान र भारतबिचको खेलपछि पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । उक्त खेल बर्षाका कारण प्रभावित भएर दुवै टोलीले अंक बाढेपछि पाकिस्तान ३ अंक सहित सुपर फोरमा पुगेको हो ।
