Friday, May 22News That Matters

एसीसी मेन्स प्रिमियर कप : मौसमको कारण खेल रद्ध, समुह ‘ए’ बाट नेपाल सेमिफाईनलमा

पूर्णपुष्टि, बैशाख ११ । एसीसी मेन्स प्रिमियर कपमा आज नेपालले साउदी अरवसँग खेल्न लागेको खेल रद्ध भएको छ । मुलपानी मौदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल मौसमको कारण टस हुन नसकेपछि रद्ध हुन पुगेको हो ।

खेल रद्ध भएसँगै साउदीसँग अंक बाड्दै नेपाल समुह ‘ए’ बाट सेमिफाईनलमा प्रवेश गरेको छ । तिन खेलमा २ जितसहित नेपालले ५ अंक जोड्दै सेमिफाईनलमा स्थान बनाएको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ । तेस्रो स्थानमा समान खेलबाट २ अंक जोडेको मलेसिया छ भने साउदी अरव २ अंकसहित चौथो स्थानमा छ । त्यस्तै यस समुहमा कतारले मात्र अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेल कतारसँग खेल्नुपर्ने छ । बौशाख १४ गतेको खेलमा कतारलाई हराए नेपाल समुह ‘ए’ को विजेता हुनेछ । समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने दोस्रो टिम हुनेछ ।