Friday, May 22News That Matters

एसीसी मेन्स प्रिमियर कप : मौसमको कारण खेल प्रभावित, साउदीसँग अंक बाडेँपनि नेपाल सेमिफाईनलमा

पूर्णपुष्टि, बैशाख ११ । एसीसी मेन्स प्रिमियर कपमा तेस्रो चरणको खेल आज नेपालले साउदी अरवसँग खेल्न लागेको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल खराब मौसमको कारण प्रभावित भएको छ । साढे ९ बजे पानी रोकिन लागेपछि पीच कभर हटाएर टसको तयारी गरिएपनि पुनः पानी पर्न थालेपछि प्रक्रिया रद्ध भएको थियो ।

आजको खेल दिउँसो २ बजेलाई कटअफ टाइम तेकिएको छ भने २ बजेसम्म टस हुन नसकेको खण्डमा खेल रद्ध गरिने छ । त्यस्तै खेल रद्ध भएमा दुबै टिमले १–१ अंक पउनेछन् भने अंक बाडेको खण्डमा नेपाल सेमिफाईनलमा पुग्ने छ । दुई प्रतियोगिता जितेको नेपालको ४ अंक रहेको छ भने साउदीसँग अंक बाँड्दा ५ पुग्ने छ । तीन खेलबाट ४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ । त्यस्तै समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा र साउदी अरब २ अंक सहित चौथोमा छ ।

नेपालले समुह चरणको अन्तिम खेल बैशाख १४ गते कतारसँग खेल्नेछ भने यस समुहमा कतारले मात्र अंक जोड्न सकेको छैन । कतारसँगको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समुहको अन्तिम खेलमा ओमान र साउदी अरव भिड्ने छ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।