
पुर्णपुष्टि, फागुन २८
अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपले मानिसको रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनको नियामक निकायले दाबी गरेको छ ।
यो कोरोना खोप लगाएका व्यक्तिहरुमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको जनाएको छ । यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
डेनमार्ग र नर्वेलगायत देशहरुमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो । इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको मृत्यु भएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर पछि त्यो व्यक्तिको अरु नै रोगले मृत्यु भएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी गरेको जनाईएको छ ।
एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले सुझाव दिएको जनाईएको छ ।
