Thursday, May 21News That Matters

ओखढुङगामा रुखबाट लडेर एकको मृत्यु

पूर्णपुष्टि, कार्तिक २२
ओखढुङगामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका–७ पात्ले खानिचौरका २२ वर्षीया निमा शेर्पाको रुखबाट लडेर ज्यान गएको हो ।
हिजो दिउसो ११ बजे घरबाट अन्दाजी ५ सय मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेकोमा उक्त रुखबाट लडि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी श्रीचौर र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।