Monday, June 22News That Matters

ओखलढुङगामा गएको पहिरोले ७ पशुचौपाया पुरिएर मर्यो, ७ घर जोखिममा

पूर्णपुष्टि, बैशाख

ओखलढुङगामा गएको पहिरोमा परि पशु चौपायमा ठुलो क्षती पुगेको छ । बर्षाका कारण आएको पहिरोमा परी चप्पादेवी गाउँपालिका ३ सिल्खुबेसीमा गएको पहिरो बाट स्थानीयहरुको चौपायाहरु बगाएर क्षती पुराएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका अनुसार शनिवार दिउँसो पाउने ४ बजेको समयमा गएको पहिरोले हरि प्रसाद सुवेदीको ३ ओटा गाई, मोहन मगरको १ हल गोरु, मुनामाया बोगटीको २ ओटा गाई पुरिएर मरेको छ ।

पहिरोले ठुलो मात्रामा स्थानीयको पशुचौपायामा क्षती पुराउनुका साथै ७ घर भने उच्च जोखिममा परेको ओखलढुङगा प्रहरीले जनाएको छ ।