Monday, June 22News That Matters

ओत लागेकै ढुंगाले किचेर एकको ज्यान गयो, अर्को घाईते एजना भागेर बाँचे

पूर्णपुष्टि, बैशाख २१

ओत लागेको ढुंगा माथिबाट खसेर च्यापिँदा म्याग्दीमा एक जनाले ज्यान गुमाएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर सोहि स्थानका २१ वर्षीय अनिस बोगटीको मृत्यु भएको हो ।

बोगटीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका १८ वर्षीय सुजन जिसी भने भाग्ने क्रममा घाइते भएका छन् । उनको अहिले बेनी अस्पतालमा उपचार भईरहेको छ । उनिहरु सँगै बसेका अर्का एक जना भने भागेर बच्न सफल भएको छ ।

सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

बालुवा लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ३ जना ढुङ्गामुनि बसेका थिए ।