Wednesday, May 20News That Matters

ओमानद्धारा भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रवेश निषेध

बैशाख ९ 

कोरोना भाईरसको जोखिम बढेकाले ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

ओमनले कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रतिबन्ध आउँदो शनिवारदेखि लागू हुनेछ । त्यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन । तर उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ ।

भारत, पाकिस्तान र बङ्गलादेशमा कोरोनाको नयाँ ’भेरिएन्ट’ फैलिएको भन्दै ओमानले त्यहाँबाट आउने  यात्रुलाई रोक लगाएको हो ।

भारतमा गत २४ घण्टामा तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो विश्वमै अहिलेसम्म सबैभन्दा धेरै हो ।