Friday, May 22News That Matters

ओमानबाट १६६ जना नेपाली काठमाण्डौँ आईपुग्यो

पूर्णपुष्टि, असार १ गते । 

ओमानबाट १ सय ६६ जना नेपाली काठमाण्डौ आईपुगको छ । कोरानाले समस्यामा परेका १ सय ६६ जना नेपाली सलाम एअरको ओभी ४२७ उडान मार्फत काठमाण्डौँ आएको हो ।

समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर सार्वजनिक गरे पनि त्यहाँ रहको नेपाली दूतावासले सरकारले तोकेको मूल्यभन्दा सस्तो भाडादरमा नेपालीलाई स्वदेश पठाएको हो ।

एकतर्फी उडानको भाडा १ सय १५ ओमानी रियाल अर्थात ३६ हजार २ सय ६१ रुपैयाँ तोकिएको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३ सय ६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको ४४ हजार ६ सय ७३ रुपैयाँ हुन आउँ छ ।

ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको दुताबासले जनाएको छ । पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।

कतिपय नेपालीले आफैंले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ । समस्यामा परेका १३ जना महिलालाई भने दूतावासले नै खर्चको व्यवस्थापन गरेर पठाएको जनाएको छ ।

दोस्रो उडान असार ४ गते हुँदैछ । यो उडानमार्फत १ सय ८० जना नेपाली स्वदेश फर्कनेछन् ।