
पूर्णपुष्टि, पुष ६
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरु सँग सोमवार वालुवाटारमा छलफल भेला गराएको छ । ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका छन् ओली निकट सांसदहरू बालुवाटारमा पुगिसकेका छन् । पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्
आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए ।
साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँग छलफल गर्न लागेका हुन् ।
यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सांसदहरूको भेला दिउँसो १ बजे हुने जनाएको छ ।
