Sunday, June 7News That Matters

ओली र मोदिले गरे ‘स्विच’ थिचेर आईसीपीको उद्घाटन

माघ ७ गते । 

१ न. प्रदेशको विराटनगरका भेडियारीमा निर्माण भएको एकिकृत चेक पोष्ट (आईसीपी)को उद्घाटन भएको छ । विराटनगर महानगरपालिकाको भेडियारीमा नेपाल–भारतको संयुक्त लगानीमा निर्माण भएको आईसीपीको नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्तरुपमा उद्घाटन गरेको हो ।

प्रधानमन्त्री ओलीले काठमाण्डौ र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीको बिहान ११ बजे ‘स्वीच अन’ गरेर आईसीपीको उद्घाटन गरेको थियो ।  आयात तथा निर्यात पारवहन सहज बनाउन निर्माण गरिएका आईसीपी सञ्चालनका लागि तयार भइसकेको छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।

सन् २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ ।

सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो । आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । उक्त आईसीपी सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि सम्झौता अनुसार काम भएन । आईसीपी परिसरबाहिर ४० बिघा जमिन रहेकोमा दुई लेनको सडक र पछि आवश्यकता अनुसार ६ लेनसम्मको बनाइनेछ ।

नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ ।