Friday, May 1News That Matters

कंग सामुदायिक वन उपभोक्ता समूहको समितिमा हेरफेर, सचिवमा सम्भु खड्का

पूर्णपुष्टि, २३ माघ ।
जोगिदहमा रहेको कंग सामुदायिक वन उपभोक्त समूहको समितिमा हेरफेर भएको छ । समितिको सचिव पदमा नयाँ पदाधीकारी समेटिएको छ । सरिना बि.क सचिव रहेको समितिमा हाल सम्भु खड्कालाई सचिवमा राखिएको छ भने कोषाध्यक्षमा सरिना बि.क लाई राखिएको छ ।

यता सरिना सार्कीलाई भने निर कुमारी सार्कीको ठाउँमा कोषाध्यक्षमा सारिएको छ भने निर कुमारीलाई सदस्यमा सारिएको छ । त्यस्तै समिति हेरफेरमा नयाँ सदस्य संकर सार्कीलाई नियुक्ती गरिएको छ । सगरमाथा विमान स्थल निर्माण क्षेत्रमा काटिएको काठ बेचबिखन र दर भाउ बारे उपभोक्तहरुले चरम संका गर्दै बिवाद चुलिएपछि काठ बिक्रि वितरणमा ढिलाई भएको थियो । उक्त काठ बेचेर मन्त्रालयलाई नै पठाउनु पर्ने भनिएपछि उपभोक्ताहरुले असन्तुष्टी जनाएका थिए ।

समुदायको बन मासेर काठ मन्त्रालय पठाउनु नहुने र नमिल्ने भन्दै उपभोक्ताहरु असन्तुष्टीको पक्षमा उभिएका थिए । उपभोक्ताहरुले भने समितिनै बिघटन गर्नु पर्ने माग राखेका थिए । तर सहमतिमा समितीलाई हेर फेर गरिएको वर्तमान सचिव खड्का बताउँछन् । खड्काले आफुलाई उपभोक्ताहरुले बिश्वास गरी पुरानो समितिको निगरानी र पार्दशीता तरिकाले काठ बेचविखन गरी स्थानीय स्तरमै बिकास गर्नु पर्ने भन्दै समितीमा पठाएको जनाए । उनले यथावत समितिले भने झै काठ बेचेर मन्त्रालय पठाउनु पर्ने कुरा सत्य नरहेको जनाए । अब यसको बिषयमा आफुले खरो कुरा उठानउने जनाए ।

उनले कानुनी हिसावमा काठ बेच बिखन र राजश्व बाहेक अन्य पैसाले गाउँमै बिकास गर्ने गरी काम गर्ने जनाए । पुरानो समितिमा बिवाद चुलीएपछि समिति हेरफेर गर्ने निर्णय भएको थियो । अबको हेरफेर समितिले काठ बिक्री वितरण र उपभोक्ताहरुको हक हितमा काम गर्ला की नगर्ला ? अर्थात पहिलेको सँगै मिलेर उपभोक्ताहरुलाई असन्तुष्टी बनाउला त्यो भने हेर्न बाँकी छ ।