Saturday, June 6News That Matters

कक्षा ११ मा सङ्काय छुट्याउन नपाइने व्यावस्था

पूर्णपुष्टि, भदौ ७ 

अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना गर्न नपाइने भएको छ । पहिला जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।

यस पटकबाट विद्यालयले पहिला जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने भएको जनाईएको छ ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन ।

यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छ वटा विषय अध्यापन गराईने भएको छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो ।

विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा दिईदैन । कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।