Sunday, May 17News That Matters

कक्षा १२ को परीक्षामा छुटेका विद्यार्थीहरुलाई पुष १६ देखि परीक्षा गराईने बोर्डको सूचना

पूर्णपुष्टि,पुष १२

कोरोना भाईरसका कारण बिभिन्न समस्यामा परि कक्षा १२ को परीक्षामा सहभागि हुन नसकेका छुट विद्यार्थीहरुलाई राष्ट्रिय परिक्षा बोर्डले पुष १६ देखि परीक्षा गराउने जनाएको छ ।

नोवेल कोरोना भाइरस कोभिड–१९ संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेहको हो ।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको बोर्डको सूचनामा उल्लेख गरिएको छ  । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।