Wednesday, June 10News That Matters

कक्षा १२को परीक्षा समय तालिका सार्वजनिक

पूर्णपुष्टि,फागुन २२ । आगामी नयाँ वर्ष देखि कक्षा ११ र १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२को साधारण,परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन । २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ ।