Thursday, April 30News That Matters

कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम लागू गर्न निर्देशन

पूर्णपुष्टि, साउन ५ गते ।
साउनदेखि कक्षा ६ सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम लागू गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
बालविकासले कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रम सरकाले कक्षा ८ सम्म विस्तार गर्ने गरी चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट बिनियोजन गरेको छ । शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
शाखा अधिकृत रामप्रसाद शर्मा कार्यक्रम कार्यन्वयन सम्बन्धी विस्तृत कार्यक्रिया कार्यक्रम कार्यन्वयन पुस्तिका, २०७९/८० मा उल्लेख भई आउने भएकोले सोही अनुसार गर्नु गराउन अनुरोध गरेका छन् ।