Monday, June 29News That Matters

कञ्चनपुरमा सुनका गहनासहित दुई जना नियन्त्रणमा

११ असोज,पुर्णपुष्ट 

शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पकराउ परेकाहरुमा डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का साथै  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।