Tuesday, April 21News That Matters

कञ्चनपुरमा ९ भारतीय मेडिकल सञ्चालक पक्राउ

पूर्णपुष्टि,जेष्ठ ३२ । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिकहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।

उनीहरुे दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

पक्राउ परेकाहरु उपर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।