Sunday, April 19News That Matters

कटारी अस्पताल प्रदेश मातहत

पूर्णपुष्टि, साउन १७ । उदयपुरको कटारी नगर अस्पताललाई १५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नति गर्दै कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारले स्वीकृति दिएको छ। असार २७ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पताल सञ्चालनका लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्नेछ। प्रदेश सांसद तथा निवर्तमान मन्त्री रामकुमार खत्रीले यो निर्णयले यस क्षेत्रका बिरामीहरूलाई सहज हुने बताएका छन्।

खत्रीले भने, ‘अस्पताल स्तरोन्नतिको पहिलो चरणको सफलता पश्चात् पूर्णता पाउन संघीय क्याबिनेटले स्वीकृति दिनुपर्ने प्रक्रियागत विधिलाई निरन्तर फलोअप गरी हरेक जटिलतालाई चिर्दै अन्त्यमा मन्त्रिपरिषदबाट निर्णय गराउन सफल भएका छौं।’ उनले यस कार्यमा सहयोग गर्ने सहयोगिप्रती आभार व्यक्त गरे। प्रदेश स्तरीय अस्पतालका लागि स्वीकृति पाएसँगै अब आवश्यक प्रक्रिया अघि बढ्ने छ।