Monday, May 4News That Matters

कटारी नगरपालिकाको आगामी बजेट, ८३ करोड ८६ लाख ७८ हजार ५ सय

पूर्णपुष्टि, ११ असार ।
कटारी नगरपालिकाले आगामी बर्षको लागि ८३ करोड ८६ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ ।
आईतबार नगरपालिकाको ११ औँ नगरसभाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि उक्त बजेट सार्वजानिक गरेको हो ।

सभाले सामाजिक विकास क्षेत्रमा ४ करोड ८७ लाख पचास हजार बजेट छुट्टाएको छ । पूर्वाधार विकास तर्पm ७ करोड ४८ लाख छुट्याईएको छ । त्यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रका लागि २६ करोड १९ लाख ६७ हजार ५ सय छुट्याईएको छ भने वन वातावरण तथा विपद व्यवस्थापनमा ६४ लाख बजेट विनियोजन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार यस वर्ष गत वर्षभन्दा अढाई करोड बढी बजेट आएको बताए ।