
उदयपुर, जेठ २ ।
कटारी –१० मा गोली लागी मृत्यु भएको युवाको शब पोष्टमार्टम र अन्तिम संस्कारपछि मात्र कटारी नगरपालिकाको मतगणना हुने भएको छ ।
विहान ७ः०० बजेदेखि गणनाको प्रयास भएपनि मृतकका आफन्तले पोष्टमार्टम गरी सद्गद् गरेपछि मात्र गणना सुरु गर्न माग राखेकाले सोही अनुसार गर्न भएको कटारी निर्वान अधिकृतको कार्यालयले जनाएको छ ।
मृतकको सब हिजो कटारी अस्पताल लगिएको छ । आज पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने र सद्गद् पछि मतगणनाको काम सुरु गर्ने जनाइएको छ ।
