Thursday, June 11News That Matters

कटारीको माथिल्लो भेगमा बर्षातले मतदानमा असहज

पूर्णपुष्टि, बैशाख ३०
कटारी नगरपालिकाको माथिल्लो भेगहरुमा बर्षातले मतदानलाई असर पारेको छ । कटारीको केहि स्थानहरु बेतेनी र सिरिशे लगायतका ठाउँहरुमा बर्षाका कारण मतदाताहरुलाई असहजता भएको हो । बिहान ७ बजे बाट सुरु भएको मतदानमा १० बजे बाट पानी परेर असहजता गरेको हो । पानीका कारण मतदाताहरुलाई असर पारेपनि मतपत्र र मत पेटिकाहरुलाई भने सुरक्षित राखिएको छ । स्थानीय, राजनितिक दलबिचको सहमतीमा कोठा भित्र मतदानलाई निरन्तरता दिएको निर्वाचन अधिकृत राज कुमार राउतले जनाए ।