Sunday, May 3News That Matters

कटारीमा टाउको र शरीर फरक–फरक अवस्थामा पुरुषको शव फेला

पूर्णपुष्टि, ११ चैत्र ।
उदयपुरमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक पुरुषको शव फेला परेको हो। शव टाउको एकातिर शरिर एकातिर रहेको अवस्थामा फेला परेको छ । भुल्के स्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शव खोला किनाराको घारीमा शरीरको तल्लो भाग भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुबास राईले बताए ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।