Saturday, June 13News That Matters

कटारीमा टिप्परको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि,चैत्र ३ । उदयपुरको कटारी नगरपालिका–४, ककुर खोला पुल स्थित टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोरङ धनपाल थान ७ का अन्दाजी २१ वर्षिय सुधिर कुमार मण्डलको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार मदनभण्डारी राजमार्ग अन्तरगत कटारीबाट सिन्धुलीको दुधौली तर्फ जादैँ गरेको बा.५ख.४६५३ नम्बरको टिप्परले सोहि दिशा तर्फबाट जादै गरेको बागमती प्रदेश ०२–०१९ प.४९१५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी पोष्ट कटारीका हवल्दार चन्द्र बुढाथोकीका अनुसार गम्भिर घाईते मण्डललाई उपचारका लागि कटारी अस्पत्ताल ल्याईएको थियो । अस्पत्तालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनापश्चात ट्रिपर चालक कटारी, ४ का २८ वर्षिय उमेश सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएको चालक सदालाई ईलाका प्रहरी कार्यालय कटारीमा राखि थप अनुसन्धान भईरहेको छ ।